ओखलढुङ्गा — ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ मा श्रीमतीको कुटपिटपछि हत्या गरेको अभियोगमा एक जना ७२ वर्षीय वृद्ध टेकबहादुर राई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार, असोज १६ गते राति करिब ९ बजे राईले आफ्नै घरमा श्रीमती भवी लक्ष्मी राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घाइते अवस्थामै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको इलाका प्रहरी कार्यालय बरुणेश्वरको टोलीले राईलाई घटनास्थलबाटै पक्राउ गरेको हो। कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी उनलाई हिरासतमा राखिएको छ।
जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी राईमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय कार्कीले जानकारी दिए।