हिपमत डटकम

बुधबार, आश्विन २२, २०८२ || 385  पटक पढिएको

काठमाडौं – टी–२० सिरिजको रोमाञ्चक फाइनलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बुधबार बिहान वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनको योगफल बनायो। मलेसियाका विन्डर डानियाले उत्कृष्ट प्रदर्शन गर्दै ४० रन जोडिन् भने माहिरा इज्जाइले १९ रनको योगदान दिइन्।

नेपालका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। राजमती ऐरी र कविता कुँवरले समान तीन–तीन विकेट लिँदै मलेसियाको रन गति रोक्न सफल भए। ऐरीले तीन ओभरमा १५ रन खर्चेर तीन विकेट लिईन् भने कुँवरले चार ओभरमा १६ रन दिएर तीन विकेट हात पारिन्। यस्तै, रचनाकुमारी चौधरीले एक विकेट थपिन्।

हाल नेपालले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!