बीरेन्द्रकुमार साह

आइतबार, आश्विन १९, २०८२ || 12702  पटक पढिएको

मोरङ । अविरल वर्षाका कारण बक्राहा खोलाको बाढीले मोरङको रतुवामाई नगरपालिका–५ स्थित कुमार टोल र लारीकट्टा स्कुल आसपासको बस्ती डुबानमा परेको छ।

मिति २०८२ असोज १८ गते रातिदेखि लगातार परेको वर्षाले खोलाको बाँध फुटेपछि असोज १९ गते दिउँसो करिब ४:२० बजे उक्त बस्ती डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

डुबानमा परेका २९ घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रशासन  कार्यालय मोरङले जनाएको छ। उद्धार कार्यमा स्थानीय निकाय, सुरक्षा निकाय र स्वयंसेवकहरुको समेत सक्रियता रहेको बताइएको छ।

स्थानीयवासीका अनुसार बाढी पसेसँगै घरभित्र रहेका खाद्यान्न तथा सामानहरूमा समेत क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!