हिपमत डटकम

सोमबार, भाद्र २३, २०८२ || 3909  पटक पढिएको
file photo

काठमाडौँ। जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको अत्यधिक बल प्रयोगप्रति मानव अधिकार आयोग मौन बसेको भन्दै प्रश्न उठेको छ। सोमबार अपराह्नसम्म पनि आयोगले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन, जसले गर्दा मानव अधिकार हननका घटनामा अनुगमन गर्ने निकायको भूमिकामाथि नै शङ्का उत्पन्न भएको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले भने आयोगको टोली घटनास्थलमा खटिएर मानव अधिकारको अवस्था अनुगमन गरिरहेको बताएका छन्। उनका अनुसार, बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा आयोगको सवारी साधन र अनुगमनमा खटिएका मानव अधिकार रक्षकहरूमाथि नै आक्रमण भएको थियो। ‘उनीहरूको उद्दारमा छौँ,’ पोखरेलले भने, ‘दिनभरको अनुगमन प्रतिवेदन केही बेरमा सार्वजनिक गर्छौँ।’

प्रवक्ता पोखरेलका अनुसार, आयोगको एउटा टोली फिल्डबाट फर्किसकेको छ भने अर्को टोली गएको छ। यद्यपि, प्रदर्शनस्थलमा आयोगका रक्षकहरू नै घाइते भएको उनले जानकारी दिए।भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भएको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको थियो, जसका क्रममा गोली समेत चलेको थियो। गोली लागेर हालसम्म १० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!