विराटनगर । कोशी प्रदेश सभा अगाडि लगाएको ब्यारिकेड तोडेर जेनजीले प्रदर्शन गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । अस्पताल चौकतिरबाट अघि बढेका प्रदर्शनकारीले सुरक्षाका लागि प्रहरीद्वारा लगाइएको फलामे बार(ब्यारिकेड) तोडफोड गरेका थिए ।
उनीहरुले प्रदेश सभा गेट अगाडि प्रदर्शन गर्दै भित्र जान खोजेपछि प्रहरीले लाठी चार्ज गरेको छ । विराटनगरमा प्रहरीले लछार पछार गरेपछि केही प्रदर्शनकारीलाई सामान्य चोट लागेको बताइएको छ ।