हिपमत डटकम

सोमबार, भाद्र २३, २०८२ || 486  पटक पढिएको

काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय अव्यवस्थाको विरोधमा जेनजी युवाहरूले गरेको आन्दोलनले हिंसात्मक रूप लिएको छ। आन्दोलनका क्रममा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ। उक्त अस्पतालमा करिब १०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ। यस्तै, वीर अस्पतालको ट्रमा सेन्टरमा पनि ३० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रदर्शनकारीमाथि प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास र गोली प्रहार गरेपछि काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीको अत्यधिक बल प्रयोग र दमनपछि स्थिति अनियन्त्रित भएको छ।स्थिति थप बिग्रन नदिन काठमाडौंमा कर्फ्यू आदेश जारी गरिएको छ। दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास वरपरका क्षेत्रमा कर्फ्यू लगाइएको छ। तर, युवाहरूले कर्फ्यू आदेशको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन्। यसपछि प्रहरीले आन्दोलनकारीमाथि थप दमन सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!