हिपमत डटकम

सोमबार, भाद्र २३, २०८२ || 299  पटक पढिएको
file photo

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै थप अप्रिय घटना हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले जेन-जीले उठाएका मागहरूलाई तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई सम्बोधन गर्नुपर्ने बताए। ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्,’ उनले भनेका छन्।

प्रचण्डले आन्दोलनमा प्रहरीको गोली लागेर निधन भएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ‘आज जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ,’ उनले भने, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

सोमबार भएको देशव्यापी प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन भएको छ भने दर्जनौं युवाहरू घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!