मंगलबार, मंसिर २४, २०७६ || 1324  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,मङ्सिर २४

समाचार संकलन गर्न पुगेका हिमशिखर टेलिभिजनका सञ्चारकर्मी राकेश कर्णमाथि हातपात भएको छ । देशकै अग्रणी प्राज्ञिक थलो महेन्द्र मोरङ क्याम्पसमा एकजना प्राध्यापकको बिषयलाई लिएर विद्यार्थीबीच भएको विवाद सिर्जना बारे समाचार संकलन गर्न पुगेका पत्रकार कर्णमाथि हातपात भएको हो ।

गत शनिबार बेलुका मादक पदार्थ सेवन गरेको समयमा विराटनगरस्थित ट्राफिक चौकको पान पसल पुगेका महेन्द्र मोरङ्ग क्याम्पसका प्राध्यापक एवं बिबिए संकायका संयोजक उदगम मिश्रले पान ढिलो दिएको झोंकमा पसल तोडफोड गरेका थिए । मिश्रले पान ढिलो दिएको भन्दै पसलमा रहेको बाल्टीको पानी पसलमा पोखेर सिसामा खाली बाल्टी समेत बजारेका थिए । उनलाई पसल तोडफोड गरेको भन्दै गत शनिबार नै प्रहरीले पक्राउ गरेको थियो ।

पछि फुटाएको सिसा बनाउने शर्तमा सहमति भएपछि उनलाई प्रहरीले छोड्यो । तर सोही बिषयमा मंगलबार बिबिएका विद्यार्थीहरुबीच व्यापक विवाद सिर्जना भएको थियो । विवादमा बिबिए संकायका विद्यार्थीहरुबीच एकापसमा हात हालाहाल समेत भएको थियो । समाचार संकलनको उद्देश्यले उक्त विवादको भिडियो खिच्न पुगेका हिमशिखर टेलिभिजनका पत्रकार राकेश कर्णमाथि पनि केही विद्यार्थीले आक्रमणको प्रयास गरेका थिए । पत्रकार कर्णलाई भिडियो नखिच्न भन्दै त्यही क्याम्पसमा अध्ययन गरेका पुर्व विद्यार्थी प्रज्ज्वल अधिकारीले आक्रमणको प्रयास गरेका थिए । उनले खिचेको भिडियो डिलिट गर भन्दै अधिकारीले जबरजस्ती मोबाइल खोसेर लगेका थिए । कर्णले आफु पत्रकार भएको परिचय दिईसकेको भएतापनि क्याम्पसका पुर्व विद्यार्थी अधिकारीले उनीमाथि दुव्र्यवहार गरेका थिए ।

समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी नै सुरक्षित नभएपछि क्याम्पसप्रति क्याम्पस प्रमुखको पकड खुकुलो भएको प्रष्ट भएको छ । केही विद्यार्थी संगठनहरुले तल्लो स्तरको राजनिति गरेर आफ्नो पदको दुरुपयोग गर्दै क्याम्पसलाई बेलाबखत बदनाम गर्ने कोशिस गर्दै आएका छन ।

यता प्राध्यापकजस्तो व्यक्तिले तल्लो स्तरको हर्कत गरेको भन्दै कतिपय विद्यार्थीले उनलाई क्याम्पसबाट निष्काशनको माग गरेका थिए भने कतिपयले बाहिरको कुरा क्याम्पसमा ल्याउन नहुने बताएपछि दुईपक्षबीच विवाद सिर्जना भएको थियो । मंगलबारको पठन–पाठन सोही विवादका कारण स्थगित समेत हुन पुगेको थियो । एकातर्पm केही विद्यार्थीहरुले दिनहुँ भेला भएर प्राध्यापक मिश्रलाई निकाल्न क्याम्पस प्रमुखलाई दबाब दिँदै आएका छन भने अर्कोतर्पm केही विद्यार्थीहरुले मिश्रलाई निकाल्न नहुने भन्दै बाहिरको विषय त्यहाँ ल्याउन अनुचित रहेको दाबी गर्दै आएका छन ।

यता पक्राउ परेको दिनदेखि मिश्र क्याम्पसबाट बिदा लिएर घर बसेका छन् । मंगलबार पनि मिश्र क्याम्पस नआएपछि प्रशासनले क्याम्पसका प्राध्यापक तारा प्रसाद यादवलाई बिबिए कार्यक्रमको रेखदेख गर्न जिम्मा दिएको छ ।

केही समययता महेन्द्र मोरङ क्याम्पसमा मात्रै आधा दर्जन बन्द र तोडफोडका घटनाहरु भएका छन् । २०७५ साल पुष २ गते क्याम्पस प्रमुख बाबुराम तिम्सिना कार्यकक्षमै थुनिएका थिए । यस्तै गत असोज २ र ५ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको थियो । गत कार्तिक २१ गते पनि क्याम्पसमा तोडफोड भएको थियो । बिबिए, बिए र बिबिएस लगायतका कार्यक्रमहरुमा एउटै विद्यार्थी समूहले तोडफोड गर्ने र क्याम्पसमा आतंक सिर्जना गर्ने गरेको कतिपय प्राध्यापकहरुले गुनासो समेत गर्न थालेका छन् ।

दिनहुँ सानोसानो बिषयलाई लिएर क्याम्पसमा विवाद उत्पन्न हुन थालेपछि क्याम्पसको अस्तित्व नै आझेलमा परेको छ । यस्तो अवस्थामा क्याम्पसमा उत्पन्न भएको समस्यालाई सबै पक्षले मिलेर समाधान गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!