काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आयोजित ‘जेन-जी आन्दोलन’प्रति समर्थन जनाएका छन्।

नवीन पुस्ताले स्वस्फूर्त रूपमा संसद भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट सुरु गर्न लागेको आन्दोलनप्रति मेयर शाहले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाउँदै आफ्नो “भरपूर समर्थन” रहेको बताएका छन्।

उनले आन्दोलनको उद्देश्यलाई सम्मान गर्दै कुनै राजनीतिक दल, नेता, सांसद, कार्यकर्ता वा अभियन्ताले यसमा व्यक्तिगत वा संस्थागत स्वार्थका लागि हस्तक्षेप नगर्न आग्रह गरेका छन्।

बालेनले यो आन्दोलन युवा पुस्ताको स्वतन्त्र आवाज भएको भन्दै त्यसलाई राजनीतिकरण गर्न खोज्ने प्रयासहरूबाट टाढा रहन सबैलाई सचेत गराएका छन्।

उनले लेखेका छन्‌ :

भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन-जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!