हिपमत डटकम

आइतबार, भाद्र २२, २०८२ || 1307  पटक पढिएको

काठमाडौं — नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले गोदावरीको सनराइज हल वरपरको क्षेत्रलाई स्थानीय उत्पादनको व्यापारिक केन्द्रमा परिणत गरेको छ।

महाधिवेशन सुरु भएको तीन दिनभित्रै जुम्लादेखि भक्तपुर र ललितपुरसम्मका विभिन्न स्थानीय उत्पादनहरू सडक छेउमै बिक्रीमा राखिएका छन्। सनराइज हल अगाडि जुटको स्टकोट, अल्लोको कोट, काँक्रो, ढाकाका कपडा, अल्लोका झोला लगायतका सामग्रीहरू सजाइएका छन्।

यसका साथै, घ्यु, मह र तेलजस्ता परम्परागत खाद्य वस्तुहरू पनि किनबेच भइरहेका छन्। एकातिर महाधिवेशन हलभित्र घोषणापत्रलाई अन्तिम रूप दिने कार्य चलिरहँदा, अर्कातिर प्रतिनिधिहरू बाइर किनमेलमा व्यस्त देखिन्छन्।

स्थानीय उत्पादनको प्रवर्द्धनसँगै राजनीतिक कार्यक्रमको वातावरणमा व्यापारिक उत्साह थपिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!