काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनलाई अझ सक्रिय र उत्तरदायी बन्न आग्रह गरेकी छन्।

आइतबार सम्पन्न निजामती सेवा दिवस मूल समारोहमा बोल्दै मन्त्री न्यौपानेले सेवा प्रवाहमा अनावश्यक ढिलाइ नगर्न निर्देशन दिइन्। उनले प्रविधिको प्रयोग र प्राविधिक उपकरणहरूको उपयोगमार्फत जनतामुखी सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने क्रममा निजामती सेवाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ। त्यसैले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन समयको आवश्यकता भएको उनले बताइन्।

त्यसै अवसरमा मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाह सुधार गर्न सरकारले निरन्तर पहल गरिरहेको जानकारी दिए।

कार्यक्रममा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ, चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रसहित १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो। साथै, ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!