
भोजपुर — अरुण गाउँपालिका–४, फालिटारमा डिजिटल साक्षरता र साइबर सुरक्षाको प्रवर्द्धन गर्न ‘जेनेस’ आईटी कार्यालय स्थापना गरिएको छ।

पूर्व एआईजी भीम ढकालको पहलमा र अमेरिकी कम्पनी जेनेसको सहकार्यमा सुरु गरिएको यस कार्यालयबाट युवालाई ई–कमर्स, अनलाइन रोजगारी र इन्टरनेटको सुरक्षित प्रयोग सम्बन्धी तालिम दिइनेछ।
हालसम्म ३ जनालाई रोजगारी प्रदान गरिएको छ। ढकालका अनुसार, अरुणलाई भोजपुरको ‘आईटी हब’ बनाउने लक्ष्य लिएको छ।