हिपमत डटकम

आइतबार, भाद्र २२, २०८२ || 1165  पटक पढिएको

विराटनगर । नेपाल डेन्टल एसोसिएसन (NDA) मोरङ शाखाको २०८०-८२ को कार्यसमितिले पद हस्तान्तरण गर्दै २०८३-८४ को लागि नयाँ कार्यसमिति घोषणा गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय साह हुनुहुन्थ्यो । नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा डा. निमिसा दास, उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिवमा डा. कमरुल हक, कोषाध्यक्षमा डा. धीरज कुमार मण्डल, सह-कोषाध्यक्षमा डा. आदित्य साह रहेका छन्। यसैगरी, सदस्यहरूमा डा. मीरा ठाकुर, डा. आभा मण्डल, डा. शेखर कुमार मण्डल, र डा. रिजवान अली रहेका छन्।

२०८०-८२ को कार्यकालका अध्यक्ष डा. पवन मेहताले नयाँ अध्यक्ष डा. निमिसा दासलाई पद हस्तान्तरण गर्नुभयो । अध्यक्ष डा. दासले आफ्नो कार्यकालमा जनचेतनामूलक कार्यक्रम, डेन्टल क्याम्प, पहिलो वार्षिक डेन्टल सम्मेलन, तथा आश्रम र विद्यालयहरूमा सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

त्यसैगरी, कोषाध्यक्ष डा. धीरज कुमार मण्डलले अबको दिनमा दन्त चिकित्सकहरूको एकता, शिक्षालाई मान्यता दिलाउने पहल, र उत्पन्न हुन सक्ने समस्याहरूको समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, दन्त चिकित्सकलाई समाजसँग जोडेर जनचेतनामूलक अभियानलाई अगाडि बढाइने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!