हिपमत डटकम

शनिबार, भाद्र २१, २०८२ || 9428  पटक पढिएको

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिहरूको सक्रिय राजनीतिमा सहभागिता अस्वाभाविक नभएको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानले पूर्वराष्ट्रप्रमुखहरूलाई राजनीतिक दलमा संलग्न हुन रोक लगाएको स्पष्ट व्यवस्था नभएको जनाए।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक संलग्नता स्वाभाविक भएको बताउँदै संविधानमा त्यसविरुद्ध कुनै प्रावधान नरहेको दाबी गरे।

एमालेले साउन ५–६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रमा पुनः सक्रिय भएका नन्दबहादुर पुन पार्टीको उपाध्यक्षको जिम्मेवारीमा फर्किएका छन्।

त्यस्तै, देउवाले संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने उल्लेख गर्दै हाल दलहरूबीच छलफल जारी रहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको जानकारी दिए। साथै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा कांग्रेसमा औपचारिक छलफल नभएको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!