ललितपुर — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन अन्तर्गत प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरूमा छलफल गर्नका लागि महाधिवेशन सहभागीहरूलाई दश फरक समूहमा विभाजन गरिएको छ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनको दोस्रो दिन, सबै प्रतिवेदन प्रस्तुत भएपछि यी समूहहरू गठन गरिएको हो। समूहहरू सातै प्रदेश, उपत्यका विशेष क्षेत्र, जनसंगठन तथा सम्पर्क समन्वय/प्रवास, र केन्द्रीय निकाय एवं आयोजक गरी बनाइएको हो।
प्रत्येक समूहले पार्टीको नीति, संगठन र विधानमा प्रस्तावित संशोधनमाथि गहिरो छलफल गर्ने बताइएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महाधिवेशनको औपचारिक उद्घाटन गरेका थिए।