काठमाडौँ । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेसँगै नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीमा परिवर्तन आएको छ।

यसअघि कम्पनीले फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत ग्राहकका जिज्ञासा र गुनासोहरू सुन्दै आएको थियो। तर, ती प्लेटफर्महरू निष्क्रिय भएपछि टेलिकमले सेवा प्रवाहका लागि नयाँ विकल्पको रूपमा ‘Nepal Telecom Customer Care’ नामक भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ।

अब ग्राहकहरूले आफ्ना जिज्ञासा, गुनासो वा सुझावहरू ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्ने टेलिकमले जनाएको छ। कम्पनीले डिजिटल माध्यमबाट प्रभावकारी सेवा दिन नयाँ उपायहरू अवलम्बन गरिरहेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!