सोनु शर्मा

बिहिबार, भाद्र १९, २०८२ || 3920  पटक पढिएको

भद्रपुर — ईस्ट इन्टरकलेज टि-२० क्रिकेट प्रतियोगिता २०२५ को उपाधि महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगरले जितेको छ।

भद्रपुरस्थित मेची क्याम्पस मैदानमा आज सम्पन्न फाइनलमा आयोजक मेची मल्टिपल कलेज झापालाई हराउँदै मोरङले उपाधि उचालेको हो।

पहिले ब्याटिङ गर्दै मोरङले १३६ रन बनाएको थियो। जवाफमा मेचीको टोली ७७ रनमै अलआउट भयो।

प्रतियोगिता भदौ १५ देखि १८ सम्म सञ्चालन भएको हो। स्ववियु मेची क्याम्पसले आयोजना गरेको प्रतियोगितामा पाँच क्याम्पसहरूको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा स्ववियु सभापति नीलम कार्कीले विद्यार्थीहरूलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउन यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने बताइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!