हिपमत डटकम

बिहिबार, भाद्र १९, २०८२ || 3393  पटक पढिएको

काठमाडौँ, – ध्वनि प्रदूषण नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। सार्वजनिक सूचना जारी गर्दै प्रहरीले फोन कल गर्दा आवाज कम गर्न, राति ठूलो स्वरमा म्युजिक नबजाउन र अनावश्यक आवाज नफैलाउन अनुरोध गरेको हो।

प्रहरीका अनुसार ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ, विशेष गरी गर्भवती महिला, मुटुका रोगी, जेष्ठ नागरिक र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा यसले गम्भीर असर पार्न सक्छ। त्यस्तै, ध्वनि प्रदूषणले सर्वसाधारणको सामाजिक र आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव पार्ने जनाइएको छ।

प्रहरीले जनतालाई निम्न व्यवहारहरूबाट टाढा रहन सुझाव दिएको छ:

  • राति अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्नु,

  • टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउनु,

  • ढोकाको बेल अनावश्यक रूपमा नबजाउनु,

  • सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्नु,

  • बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहनु।

प्रहरीले चेतावनी दिएको छ कि ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। यस्तै गतिविधि देखिएमा तत्काल १०० वा १०३ मा सम्पर्क गरेर जानकारी दिनसमेत प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!