वीरगञ्ज। संघीय खानेपानी मन्त्री र पर्सा जिल्लाका निर्वाचित सांसद प्रदीप यादवले आफूलाई भएको धम्कीपूर्ण फोन र त्यससँग सम्बन्धित अडियो प्रकरणमा प्रतिक्रिया दिएका छन्।

मन्त्री यादवले वीरगञ्जलाई आफ्नो जन्मभूमि र राजनीतिक संघर्षको स्थलको रूपमा परिचय दिँदै हालका दिनहरूमा देखिएको खानेपानी संकट र हैजा महामारीका विरामीहरूको समस्यामा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर युद्धस्तरमा काम भइरहेको बताएका छन्।

उनका अनुसार, केही दिनअघि एक अज्ञात महिलाले उनलाई फोन गरी धम्कीपूर्ण भाषा प्रयोग गरेकी थिइन्। “सुरुमा मलाई लाग्यो कि कोही आफन्त बिरामी भएकाले पीडा पोखिरहेका हुन्, तर पछि ज्यान मार्ने धम्कीसमेत दिइएको देखेपछि मैले प्रहरीलाई सूचित गरें,” मन्त्री यादवले भने।

उक्त महिलाले सम्पादन गरिएको अडियो सार्वजनिक गरेको थियो, जसको पछि वास्तविक अडियो बाहिर आएर सत्यताले स्पष्टता ल्याएको मन्त्री यादवको भनाइ छ। पर्सा प्रहरीले अहिले उक्त महिलाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

“जनताले सरकारसँग प्रश्न गर्न पाउनु मेरो राजनीतिक संघर्षको मुख्य उद्देश्य हो। तर मार्ने धम्की र अफवाह फैलाउनु लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन,” मन्त्री यादवले स्पष्ट पारे।

उनीले फोनकर्ताप्रति कुनै व्यक्तिगत द्वेष नभएको र उक्त व्यक्तिलाई सच्चिन र लोकतान्त्रिक अधिकार प्रयोग गर्न मद्दत गर्ने प्रतिबद्धता जनाए। उनले फोनकर्तामाथि नरम व्यवहार गर्न प्रहरीलाई आफ्नो सचिवालयमार्फत सन्देश पठाएको जानकारी पनि दिएका छन्।

“हामी कानूनभन्दा माथि कोही छैनौं, र अदालतको निष्पक्षतामा विश्वास गर्नुपर्छ। लोकतन्त्रमा गुनासो राख्नको अधिकार छ, तर अराजकता फैलाउने अनुमति दिन सकिँदैन,” मन्त्री यादवले अन्त्यमा भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!