सोमबार, चैत्र १७, २०७६ || 1155  पटक पढिएको

अहिलेको यो अवस्थामा कोरोना रोकथामको लागि सरकारले चालेका कदमहरु महत्त्वपूर्ण छन् । यी कदमहरु कोरोनाको रोकथामका लागि जरुरी छन् । विश्वका सबै देशले कोरोनाको संक्रमण रोक्नका लागि विभिन्न कदमहरु चालिरहेका छन् । नेपाल आहिले लकडाउन इस्थितिमा छ । अहिले सम्पूर्ण कामहरु ठप्प भएका छन् । मानिसहरु घरभित्रै बसेर दिनहरु काटिरहेका छन् । घरभित्रै बसेर दैनिक ज्यालादारीमा काम गर्न्ने नागरिकले कसरि आफ्नो परिवारको दैनिकी चलाउन सक्छ ? विहान काम गरेर बेलुका परिवारको छाक टार्ने वर्गमा धेरै नेपालीहरु छन् ।तिनीहरुको के अवस्था छ यो अवधिमा सरकारले ध्यान दिन जरुरि छ ।

राम्रो आर्थिक अवस्था भएका परिवारले त यो समयमा महिनौ घरमै बसेर पनि आफ्नो दैनिकी चलाउन सक्लान तर कम आय भएका परिवारले कसरि दैनिकी चलाउने ? यो अवस्थामा सरकारले यस्ता परिवारको पहिचान गरि गाँस,वास र कपासको ग्यारेन्टी गर्नुपर्छ । यो नागरिकको नैसर्गिक अधिकार हो । यी कुराहरु गारो पर्दा सरकारले नागरिकलाई प्रदान गर्न सक्नुपर्छ । जनतालाई देशमा सरकार भएको आभास गराउनु पर्छ। छिटो भन्दा छिटो निम्न आय भएका परिवार र दैनिक ज्यालादारीमा काम गरेर परिवार पाल्ने परिवारको पहिचान गरि जति सक्दो छिटो राहतक प्याकेजका घोषणा गर्न नेपाल सरकारले ढिला गर्नु हुदैन ।

नेपालमा सन् २०१८ को तथ्यांक अनुसार २१% प्रतिशत नेपालीहरु गरिबीका रेखामुनि छन् । नेपालीको औसत आय ८१२।२० अमेरिकी डलर रहेको छ (विश्व बैंक २०१८ )। नेपालमा गरिबीका रेखामुनी धेरै नागरिक भएकाले उनीहरुको अवस्थाको बारेमा जानकारी लिएर अघि बढ्नुपर्छ । भारत, अमेरिका, अस्ट्रेलिया साथै अरु देशले आफ्ना नागरिकका लागि विभिन्न राहतका प्याकेज घोषणा गरिसकेका छन् ।नेपाल सरकारले पनि ति देशको उदाहरण पछ्याउन सक्छ । नेपाल सरकारले पनि सकेको राहतका प्याकेज घोषणा गर्न ढिलाई गर्नु हुदैन । नागरिकको हितका लागि सरकारले जस्तासुकै कदमपनि उठाउन सक्नुपर्छ।

यस परिस्थिमा सरकारलाई निजि क्षेत्रले साथ दिनु जरुरि छ । सबै कुरामा सरकारको भरपर्नु भन्दा निजि क्षेत्रले आफुले सकेको विभिन्न कामहरु गर्नुपर्छ । देशका सचेत नागरिकको योगदान पनि महत्त्वपूर्ण छ । सरकारले आफ्नो ठाउँबाट जति सक्दो गरिरहेको छ र अझ प्रभावकारी ढंगले लाग्नुपर्छ । देशको आर्थिक क्षेत्रमा असर परेपनि निम्नवर्गीय परिवारको आर्थिक अवस्था बुझी उनीहरुको दैनिकी चलाउन सरकारले छिटो ध्यान दिनुपर्छ ।

यस महामारीको रोकथाम लागि जस्ता पनि कठोर कदमहरु पनि चालिनु पर्छ। यस अवस्था निम्नवर्गीय परिवारको दैनिकी चलाउन सरकारले ग्यारेन्टी लिनुपर्छ । निजि क्षेत्रले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन । अहिलेको अवस्थामा नेपालीहरुले पनि एकआपस सहयोग गरेर दैनिकी चलाउदै यसबाट जोगिदै सुरक्षित रहनुपर्छ । मानविय विवेकको उच्च प्रयोग गर्नुपर्छ । मानवताको परिचय दिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!