बिराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन सोमबार अष्ट्रेलिया प्रस्थान गरेका छन्।
उनलाई काठमाडौँमा उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले विदाई गरेका हुन्।
अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालन गर्न लागिएको अनाथाश्रमका लागि आवश्यक सहयोग जुटाउने पहल गर्ने जनाइएको छ।