काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले स्वदेशी कृषि उत्पादनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै जुम्लाको स्याउलाई प्राथमिकता दिन र विदेशी स्याउको आयात रोक्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले ‘जुम्ली स्याउ खाऔँ, विदेशी स्याउ रोकौँ’ भन्ने नारासहित कृषि मन्त्री र गृहमन्त्रीलाई यस सम्बन्धमा तत्काल कदम चाल्न आग्रह गरे। उनले नेपाली उत्पादनलाई प्राथमिकता दिनु मात्र नभई, यसले किसानको जीवनस्तर सुधार र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

शाहीले जुम्लामा उत्पादन हुने स्याउको बजार पहुँच विस्तार गर्न आवश्यक सहयोग पुर्‍याउन सरकारसँग अपिल गरे। साथै, जुम्ली स्याउ राजधानी तथा अन्य प्रमुख सहरहरूमा सहज रूपमा पुर्‍याउन सडक पूर्वाधार सुधार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत अनुरोध गरे।

उनको भनाइमा अनुसार, स्वदेशी कृषि उपजलाई प्राथमिकता दिँदा आत्मनिर्भरता बढ्नुका साथै आयातमा हुने खर्च पनि घट्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!