बीरेन्द्रकुमार साह

बुधबार, भाद्र १८, २०८२ || 985  पटक पढिएको

मोरङ । देशको सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरी नै लागुऔषध कारोबारमा संलग्न भएको घटना बाहिर आएको छ। मोरङमा कार्यरत सशस्त्र प्रहरीका एक जना हवल्दार लागुऔषधसहित पक्राउ परेका छन्।

रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा खटिएका ३६ वर्षीय हवल्दार मनिष गिरी मंगलबार बेलुकी लागुऔषधसहित पक्राउ परेका हुन्। पर्सा, वीरगञ्ज घर भएका गिरीले ओछ्यानको सिरानीमुनि प्लास्टिकभित्र लुकाएर राखेको अवस्थामा करिब ३० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

गिरीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको हो। उनीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले अनुसन्धान अघि बढाइरहेको छ। लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धानलाई अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा वर्षौंदेखि लागुऔषधको समस्या गम्भीर चुनौती बनेको छ। त्यसमाथि सुरक्षा निकायका सदस्य नै संलग्न देखिनु सुरक्षाप्रति थप प्रश्न उठाउने विषय बनेको प्रहरीको बुझाइ छ।


 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!