काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउको बजार सुनिश्चित गर्न सरकारसँग विशेष पहलको माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले दुई महिनाका लागि विदेशी स्याउ आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्। उहाँले विदेशबाट आयात हुने स्याउमा विषादी मिसिएको हुनसक्ने भन्दै स्वास्थ्यमा असर पर्ने जोखिम र स्वदेशी किसानले उचित मूल्य नपाउने समस्या औंल्याउनुभयो।

“डेढ अर्ब रुपैयाँ बराबरको स्याउ अघिल्लो महिनामा मात्र आयात भएको छ,” उहाँले भन्नुभयो, “विदेशी स्याउले हाम्रो जुम्लाको उत्पादनलाई बजारमा टिक्नै नदिएको अवस्था छ।”

सांसद शाहीले संसदका सम्पूर्ण सदस्यहरू र सचिवालयका कर्मचारीहरूलाई जुम्लाको स्याउ किन्न आग्रह गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन अपिल गर्नुभयो।

उहाँले राजधानी ल्याउने क्रममा सुरक्षाकर्मीले जाँचको नाममा किसान र व्यापारीलाई सास्ती दिने गरेको गुनासो गर्दै गृहमन्त्री रमेश लेखकको ध्यान समेताकर्षण गराउनुभयो।

शाहीले गुणस्तर परीक्षणबिना कुनै पनि विदेशी स्याउ आयात नगर्न सरकारलाई आग्रह गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!