संखुवासभा – संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–४ निवासी ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई प्रहरीले लोड गरिएको एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
भदौ १७ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले श्रेष्ठको घरमा खानतलासी गर्दा, ओछ्यानमुनी लुकाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उक्त बन्दुक अवैध रुपमा राखिएको आशङ्कामा श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।