काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच मंगलबार साँझ महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
उक्त भेटवार्ता काठमाडौंको आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा भएको हो। भेटमा दुवै नेताबीच समाजवादी मोर्चालाई सक्रिय रुपमा अघि बढाउने तथा वाम एकताको विषयमा पहल गर्नेबारे गहन छलफल भएको नेकपा एसका उपमहासचिव राजकुमार भट्टराईले जानकारी दिएका छन्।
भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिबारे समेत विचार–विमर्श भएको थियो।
वार्तामा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी थिए।