१८ भदौ, काठमाडौं । मंगलबार नेपालका विभिन्न जिल्लामा तीनवटा भूकम्प महसुस गरिएको छ। भूकम्पले मानवीय वा भौतिक क्षति भने नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
मध्यराति ११:२३ बजे सिन्धुपाल्चोकको तालामाराङ क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसअघि, बिहान ६:१५ बजे गोरखाको हंसपुर आसपास ४.० म्याग्निच्युडको र दिउँसो ३:१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
तीनै भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति नभएको केन्द्रले जानकारी दिएको छ।