अर्घाखाँची —अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा एक दशकअघि प्रेम विवाह गरेका किरण गुरुङले आफ्नै पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरेका छन्। विवादकै क्रममा श्रीमतीको कुटपिट गरी हत्या गरी शव घरकै भान्साकोठामा गाडेको आरोप किरणमाथि लागेको छ।

किरण र सुमित्राले करिब १० वर्षअघि पारिवारिक र सामाजिक विरोध बेवास्ता गर्दै प्रेम विवाह गरेका थिए। उनीहरूको यो दोस्रो विवाह थियो — किरणको पहिलो पत्नीबाट दुई छोरी थिए भने सुमित्राको पूर्व पतिबाट तीन छोरा थिए। विवाहपछि उनीहरू एक ९ वर्षीया छोरी सरुसहित अर्घाखाँचीमा बसोबास गर्दै आएका थिए।

तर, प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि वैवाहिक तनाव र वादविवाद चलिरहेको थियो। यही घरेलु विवाद गत भदौ १२ गते चरममा पुगेपछि मादक पदार्थ सेवनको अवस्थामा किरणले बाँसको लाठी र हँसियाको पुछार भाग प्रयोग गरेर श्रीमतीमाथि प्रहार गरेका थिए।
घटनास्थलमै सुमित्राको मृत्यु भएपछि किरणले शव कम्बलमा बेरेर भान्साकोठामा खाल्डो खनी गाडिदिएका थिए।

छोरी सरुसँग बस्दै आएका किरणले चार दिनसम्म श्रीमतीको अवस्थाबारे केही नबताएपछि छरछिमेक र सुमित्राको माइती पक्षले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरी अनुसन्धानका क्रममा घटनाको खुलासा भएको हो।

प्रहरीले आरोपी किरण गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!