हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 2763  पटक पढिएको

इटहरी/ यही भाद्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ ले प्रचारप्रसार लाई तिब्रता दिएको छ । यहिक्रमामा फिल्म युनिट मोफसल प्रचारमा निस्किएको छ । टिमले मोफसल प्रचार कोशी प्रदेशको इटहरीबाट सुरु गरेको छ । सोमबार इटहरी अवस्थित ईलाइट सिनेमा हलमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । उक्त पत्रकार सम्मेलनमा फिल्मको तर्फबाट प्रमुख अभिनेताद्धय कामेश्वर चौरसिया र किरण श्रेष्ठ सँगै मिडीया कोअर्डिनेटर पवन भट्टराई सहभागी थिए ।

साँझ ५ बजे देखि आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेशका प्रमुख शहरहरु इटहरीसँगै धरान, बिराटनगर, दमक र विर्तामोडका पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता चौरसियाले बितेका दिनदेखि दर्शकको मायाले गर्दा अहिले प्रमुख भूमिकामासम्म देखिन पाएकोले अब अझै दर्शकको साथ र माया आफूलाई चाहिएको बताए । मधेसको कथामा बनेको अभिमन्यु सस्पेन्स क्राइम थ्रीलर फिल्म भएकोले दर्शकलाई भरपूर बाध्न सक्ने उनको भनाइ छ ।

उनले ट्रेलर रिलिज कार्यक्रममा “नचलेका कलाकार” भन्ने प्रश्न विवादमा पनि बोले । आफूलाई सो प्रश्नले कति पनि विचलित नभएको बताउँदै वहाको जती विवेकले भ्यायो त्यही अनुसारले सोधेको हो भने । उनले चल्ने नचल्ने कुराको कुनै पनि मापदण्ड नरहेकाले आज चल्ने कलाकार भोलि नचल्न पनि सक्छ, अनि त्यो बेला चाहिँ के भन्ने ? भन्दै प्रति प्रश्न गरे । त्यसैले त्यो सुजबुझ बिना सोधिएको प्रश्नको घोर भर्त्सना निर्माण कम्पनीले गरेको बताए ।

यता फिल्मका अर्का अभिनेता किरण श्रेष्ठले ट्रेलर मा कति देखाईएको छ अहिले लाई त्यति नै पर्याप्त भएको बताए । त्यस बाहेक केही बोल्दा फिल्मको सस्पेन्स खुल्ने सम्भावना रहन्छ, त्यसैले फिल्मको मज्जा र चक्रव्यूहमा फस्ने दिन भाद्र २७ गते रहेका कारण सबैलाई अभिमन्यु फिल्म हेर्न आग्रह गरे । पत्रकार र आगन्तुक अतिथिसँगको अन्तरक्रिया कार्यक्रम इटहरी पश्चात देशका अन्य प्रमुख शहरहरुमा भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज र हेटौडा, १९ गते चितवन हुँदै काठमाण्डौं पुग्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई निर्देशक सुशान्त गौतमले निर्देशन गरेका हुन् । पैसाको प्रलोभन, अपहरण र संघर्षलाई कथाको मूल आधार बनाइएको यसमा प्रेमको नाटकमार्फत अपहरण र फिरौती माग्ने घटनालाई प्रस्तुत गरिएको छ । हालै सार्वजनिक ट्रेलरमार्फत घरबारबिहीन युवाले पैसाको लागि गरेका अवैध गतिविधि, समाजमा पैसाप्रतिको गिद्धे दृष्टि र त्यसकै परिणामस्वरूप पात्रले भोग्ने संघर्षलाई देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!