रंगेली । मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा रहेको डोरिया आधारभूत विद्यालयका विद्यार्थीहरू अझै पनि आधारभूत शैक्षिक सुविधा नपाएर कष्टकर पढाइमा बाध्य छन्। २००९ सालमा स्थापना भएको यस विद्यालयका आठवटै कक्षाकोठामा आजसम्म पनि पंखा जडान हुन सकेको छैन।

गर्मी बढ्दा विद्यार्थीहरूले किताब–कापीले हम्किँदै पठनपाठन गर्नुपर्ने अवस्था छ। विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म गरी करिब ११० विद्यार्थी अध्ययन गर्छन्। दैनिक ६०–७० विद्यार्थी उपस्थित हुने यस विद्यालयमा पिउने पानी समेत आइरनयुक्त भएकाले विद्यार्थीहरू स्वास्थ्य जोखिममा छन्। त्यसमाथि शौचालय प्रयोग गर्न समेत पालो कुर्नुपर्ने बाध्यता रहेको प्रअ मोहम्मद कासिम उद्विमले बताए।

अत्यन्त विपन्न घरपरिवारका बालबालिका अध्ययन गर्न आउने यस विद्यालयको आम्दानी स्रोत भने वर्षेनी खेतबाट आउने करिब ७ हजार रुपैयाँ मात्र हो। नेपाल सरकारले वार्षिक १५ हजार रुपैयाँ उपलब्ध गराए पनि सबै खर्च धान्न कठिनाइ भएको प्रअ उद्विमले बताए। गर्मीको कारणले कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउनै छाडेको उनको भनाइ छ।

शिक्षामा सरकारले ठूलो लगानी गरे पनि पहुँच भएका विद्यालयमै मात्र सुविधा पुग्ने र डोरियाजस्ता विद्यालय भने उपेक्षामा परेको उनको गुनासो छ। वडा अध्यक्ष जिमारत मियाँले विद्यालयमा पंखा जडानका लागि प्रक्रिया अघि बढाइसकिएको बताउँदै छिट्टै विद्यार्थीलाई राहत पुग्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!