हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 1375  पटक पढिएको

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली थियानजिनको कार्यक्रम सम्पन्न गरी आज रेलमार्गमार्फत चीनको राजधानी बेइजिङ पुगेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बेइजिङमा ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका थिए। उनले त्यहाँ चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल उपराष्ट्रपति चङ्गले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछ। भ्रमणको अन्तिम दिन, भदौ १८ गते, नेपाली टोली फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा भाग लिनेछ।

त्यसपछि प्रतिनिधिमण्डल स्वदेश फर्किनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!