हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 167  पटक पढिएको

काभ्रेपलाञ्चोक — बिपी राजमार्गमा आसन्न चाडबाडका बेला सवारी आवागमन अवरुद्ध हुन नदिन पुनः मर्मतकार्य तीव्र पारिएको छ। भक्तपुर डिभिजन सडक कार्यालयका अनुसार हालको मनसुन र गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सडक दुई हप्ताभित्र मर्मत गरिनेछ।

कार्यालय प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, बाढीपछि अस्थायी रूपमा सञ्चालनमा रहेको सडकलाई सुरक्षित बनाउन ग्यावियन जाली, उचाइयुक्त फिलिङ, र ठूला बोल्डर तयारी अवस्थामा राखिएको छ। चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्ती क्षेत्रमा सतर्कता अपनाइएको छ।

राजमार्गको २९ किमी सडकलाई चार खण्डमा बाँडेर पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ, जसमा आठ किमी सडक पूरै बगिसकेको थियो। काभ्रे क्षेत्रमा तीन खण्ड र सिन्धुलीमा एक खण्ड गरी दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

आपतकालीन अवस्थाका लागि १५–१५ वटा निर्माण उपकरणसहित डिभिजन कार्यालयका डोजर, टिपर र लोडर तयारी अवस्थामा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!