सोमबार, चैत्र १७, २०७६ || 658  पटक पढिएको

सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक अलपत्र परेका थिए । मोरङ, सुनसरी र सप्तरीका विभिन्न कारखानामा कार्यरत मजदूर यातायात नपाउँदा घरका लागि पैदल नै हिंँडेका थिए । उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडकमा पैदल हिँंडिरहेका श्रमिकलाई खाजा खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनु भयो । प्रनाउ भारतीका अनुसार उद्धार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चारचार जनालाई आइतबार आआफ्नो गृह जिल्ला पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!