काठमाडौं — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा राष्ट्रिय भावना झल्काउने शैलीमा प्रस्तुत भएका छन्।

लिपुलेक–लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा (जसलाई उनले प्रायः चुच्चे नक्सा भन्छन्) मा राष्ट्रिय झण्डा राखिएको तस्वीर सेयर गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्:
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी… जय जय नेपाल!”

प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागिताका क्रममा आएको हो।

चीन–भारतबीचको लिपुलेक सम्झौताको पृष्ठभूमिमा, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सो विषयमा दाह्रो आपत्ति जनाइसकेपछि सामाजिक सञ्जालमा यसरी राष्ट्रवादी सन्देशसहित प्रस्तुत भएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!