सोमबार, चैत्र १७, २०७६ || 467  पटक पढिएको

गल्याङ नगरपालिका–१ राम्दीमा पाँच हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा रहेको राम्दीमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्दै आएकोमा अहिलेसम्म पाँच हजार २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । यसैबीच वालिङ नगरपालिका–१ रामबाच्छाका युवा व्यवसायी किरण ठकुरीले नगरपालिकाभित्र रहेका १७ वटा स्वास्थ्य चौकी, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी र फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपाल बालगृहका लागि रु एक लाख बराबरको स्यानिटाइजर, मास्क र पञ्जा सहयोग गर्नुभएको छ । वालिङमा विधान स्पोर्ट्स हाउस सञ्चालन गर्दै आउनुभएका व्यवसायी ठकुरीले आफ्नो छोरा विधानको जन्मदिनको अवसर पारेर सो सहयोग गर्नुभएको हो । विश्वरभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट सबै त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अन्य कार्य गर्नुभन्दा जनताको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीका लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामग्री सहयोग गरेको ठकुरीले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!