हिपमत डटकम

बिहिबार, साउन ३०, २०८२ || 407  पटक पढिएको

विराटनगर । सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप-महानगरपालिका-११ स्थितबाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई,  इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!