सोमबार, चैत्र १७, २०७६ || 1079  पटक पढिएको

लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।

यसैबीच पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए ।

उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।

ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।

उनका अनुसार पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!