अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेका संख्या १ लाख वा सोभन्दा बढी पनि हुनसक्ने स्विकारोक्ति गरेका छन् । उनले आइतबार पहिलो पटक सो कुरा स्विकार्दै मृतकको संख्या १ लाख वा सोभन्दा कम भए आफूहरुले राम्रै काम गरेको मान्नुपर्ने बताएका छन् ।

अमेरिकाका संक्रामक रोगको उत्कृष्ट विशेषज्ञ डा. एन्थोनी फसीले सीएनएनसँग भाइरसका कारण एक लाख अमेरिकी जनताको मृत्यु हुने बताएका थिए । ट्रम्पलाई फसीको यही अनुमानबारे प्रश्न सोध्दा उनले सो कुरा स्विकारेका हुन् ।

आइतबार साँझ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले आगामी अप्रिल ३० सम्मका लागि सोसल डिस्ट्यान्सिङ नियम लम्ब्याइएको जानकारी दिए ।

उनले भने, ‘हामीले कोभिड–१९ बारे कतिजनाको मृत्यु हुन्छ भन्नेबारे सटिक र प्रष्ट जानकारी पाएका छौं ।’

उनले थपे, ‘यदि हामीले केही पनि गरेनौं भने यो संख्या २० लाख पुग्नेछ ।’

यद्यपि, उनले ठ्याक्कै संख्या भने तोकेनन् । यसअघि फसीले अमेरिकामा कोरोना भाइरसको लाखौं संक्रमित देख्न सकिने बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!