पर्वतका रामबहादुर दर्जी दुई महिन अघि मात्र रोजगारीको शिलशिलामा दुबई गएका थिए । गएको एक महिना पनि हुन नपाउँदै गाउँबाट खबर आयो श्रीमती अर्कैसंग गईन् । गाउँलेहरुले उनलाई फोन गरेपछि रामबहादुर दुबईबाट कोरोनाको समेत डर नमानी नेपाल आए । कोरोनाको त्रास त्यो बेला इटालीमा बढी थियो । उनी आएको करिब एक हप्तापछि नेपाल सरकारले पनि लकडाउन गर्यो । उनी नेपाल आएपछि श्रीमती हराएको र खोज्नको लागी जिल्ला प्रहरी कार्यालय पर्वतमा गए, त्यतीले मात्र उनको मन मानेन, उनी पोखरा आएर र जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर पनि निवेदन दर्ता गराए । उनले खोज्दा र निवेदन दर्ता गराउने बेला सम्म नेपालमा लक डाउन सुरु भयो । लक डाउनका कारण सबै कुराहरु ओझेलमा पर्यो र उनी हाम्रीकहाँ आए । गाउँलेहरुले जे जस्तो अवस्थामा उनकी श्रीमती देखेपनि उनी भने फर्केर आउन आग्रह गर्छन् । साना बच्चाहरु छन बच्चाहरुको रेखदेखका लागी भए पनि आउनका लागी रामबहादुर दर्जीले श्रमिती कमला दर्जीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!