हिपमत डटकम

आइतबार, साउन १९, २०८२ || 641  पटक पढिएको

विराटनगर, १ साउन — नेपाली संगीत क्षेत्रमा नयाँ परिचय बनाउने क्रममा विराटनगरस्थित अनन्तम् ब्याण्ड ले आफ्नो पहिलो म्युजिक भिडियो ‘भुल्दिन होला’ सार्वजनिक गरेको छ।

गीतमा प्रेम र जिम्मेवारीबीचको भावनात्मक संघर्षलाई दुई पात्रको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। मन्दिप शाहको निर्देशन, रितिक शाहको छायांकन र सम्पादनमा तयार गरिएको भिडियोले प्रेममा समर्पण र त्यागको गहिरो कथा बोल्छ।

रक शैलीमा तयार गरिएको यो गीत सामाजिक सञ्जालमा #BhuldinaHola लगायतका ह्यासट्यागमार्फत प्रचार गरिएको छ। पहिलो प्रयासमै गहिरो भाव र सशक्त प्रस्तुति ल्याएको ब्याण्डले नेपाली रक संगीतमा आफूलाई स्थापित गर्ने संकेत दिएको छ।

यस म्युजिक भिडियोमार्फत ब्याण्डले आफूहरूलाई नेपाली रक संगीतमा सशक्त रुपमा प्रस्तुत गर्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!