हिपमत डटकम

शुक्रबार, साउन १७, २०८२ || 4914  पटक पढिएको

पथरी । ट्रु भाईब्स ईभेन्ट र पथरी अपडेटकाे संयुक्त आयोजनामा ‘मिसेस तिज पथरी आईकन २०८२’ हुने भएको छ ।

“नेतृत्वकाे सिंहासनमा नारीकाे कदम” भन्ने मूल नाराका साथ आगामी तिज पर्वकाे अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नेपाली नारीहरूको महान चाड तिजलाई लक्षित गर्दै आयोजना गरिन लागेको यस कार्यक्रमकाे उद्देश्य गृहिणी महिलाहरूभित्रकाे प्रतिभा, आत्मविश्वास र क्षमता उजागर गर्नु रहेकाे जनाइएको छ ।

कार्यक्रम संयोजक ईश्वर दुलालले महिलाहरूकाे नेतृत्व विकासका लागि यस्ता प्लेटफर्महरू आवश्यक रहेकाे बताए । उनले थप्दै भने प्रतियाेगितामा विजेताले ५० हजार नगरद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनर अपले ३० हजार र सेकेन्ड रनरअपले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै क्राउन, प्रमाणपत्र, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन् ।

यसैबीच, कार्यक्रम मेम्बर शर्मिला मगरले भनिन्, “गृहिणी महिलाहरू दिनरात घरपरिवारमै सीमित रहन्छन् । तर उनीहरूभित्र पनि नेतृत्व गर्ने साहस, कला, आत्मबल र प्रतिभा हुन्छ । हामीले यही कुरा सबैमाझ प्रस्तुत गर्न ‘मिसेस तिज पथरी आईकन’ आयोजना गर्न लागेका हौं ।”

प्रतियोगिताका लागि तयारी तीव्र रूपमा अगाडि बढिरहेकाे आयाेजकले जानकारी दिएकाे छ । अडिसन आगामी श्रावण २१ गते बुधबार (जुलाई ६) पथरी स्थित Black Eye क्याफेमा हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!