काठमाडौँ, १ साउन — गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुऔषधमुक्त बनाउने अभियान अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो (Narcotics Control Bureau) को निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले लागू औषधसम्बन्धी समस्या गम्भीर चुनौतीको रूपमा देखिएको बताए।

उनले भने, “लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराधसमेत बढाएको छ। त्यसैले सरकारले एक वर्षअघिदेखि लागू गरेको महाअभियान सफल बन्दै गएको छ।”

गृहमन्त्रीका अनुसार अघिल्ला वर्षहरूमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति भएको छ। “स्रोतसाधनको अभावबीच पनि दृढ इच्छाशक्ति भए धेरै काम गर्न सकिन्छ भन्ने कुरा गत एक वर्षको अनुभवले देखाएको छ,” उनले जोड दिए।

गृहमन्त्री लेखकले लागुऔषध समस्याको समाधान प्रहरी मात्रले सम्भव नभएको उल्लेख गर्दै सबै तहबाट सहकार्य आवश्यक रहेको बताए। “विशेष गरी युवा पुस्ता यसको चपेटामा परेको छ। देशको भविष्य जोगाउन लागुऔषधविरुद्धको अभियान सामूहिक प्रयासबाटै सफल हुन्छ,” उनले स्पष्ट पारे।

लागुऔषध नियन्त्रण ब्युरोलाई विभाग बनाउने तयारी

गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण ब्युरोलाई विभागको हैसियतमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई आवश्यक तयारी अघि बढाउन निर्देशनसमेत दिए।

कार्यक्रममा आईजीपी थापाले गृहमन्त्रीको प्रस्तावको स्वागत गर्दै ब्युरोको संस्थागत विकासले लागुऔषध नियन्त्रण अभियानमा थप सशक्तता ल्याउने विश्वास व्यक्त गरे।

काठमाडौँ, २१ पुसः
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हल सिंहदबारस्थित आइतबार आयोजित विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८औं बैठकमा गृहमन्त्री रमेश लेखक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ, २१ पुसः
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हल सिंहदबारस्थित आइतबार आयोजित विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८औं बैठकमा गृहमन्त्री रमेश लेखक । तस्बिरः गोपाल दाहाल÷रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!