सोमबार, चैत्र १७, २०७६ || 688  पटक पढिएको

कोरोना भाइरसका कारण युरोपका अधिकांश देशमा फुटबल गतिविधि ठप्प छन् । कोरोनाकै कारण युरोपक एकबर्ष पर धकेलिएको छ ।

प्रिमियर लिग लगायत अन्य शीर्ष डिभिजन लिग स्थगित भएका छन् । तर, युरोपकै एउटा देश बेलारुस अहिले पनि फुटबलमा मस्त छ ।

कोरोनाको संक्रमण भएपनि बेलारुसमा शीर्ष डिभिजनको लिग फुटबल चलिरहेको छ । यसअघि बेलारुसको लिग फुटबलको अन्तर्राष्ट्रिय स्तरमा त्यति चर्चा हुँदैन थियो ।

त्यसैल त अहिले कोरोनाको संक्रमणबीच चलिरहेको लिगले सबैको ध्यान तानेको हो । बेलारुसको राजधानीमा शनिबार र आइतबार समेत लिगका खेल भए ।

लिग हेर्न तीन हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । बेलारुसमा कोरोना भाइरस संक्रमितको संख्या करिव एक सय पुगेको छ । कसैले ज्यान भने गुमाएका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!