हिपमत डटकम

शनिबार, साउन ०४, २०८२ || 1878  पटक पढिएको

सुनसरी ।सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!