काठमाडौं।हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ । उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!