हिपमत डटकम

मंगलबार, आषाढ १०, २०८२ || 762  पटक पढिएको

विराटनगर।झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका-८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ ।

यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम कुमार गुरुङलाई ब्राउन सुगर १३ ग्राम ६५ मिलिग्राम र सुनसरीको धरान -६ का २८ बर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले लागू औषधको कारोबार गर्ने उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोलका २४ बर्षीय भिम बहादुर देवानलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको चौबीसे गाउँपालिका-७ मौनाबुधुकका ३० बर्षीय भुपेन लिम्बू र चौबीसे -६ का २५ बर्षीय हेम बहादुर बि.क.लाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर- ९ का २५ बर्षीय अजय राजवंशी र २२ बर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!