हिपमत डटकम

शुक्रबार, आषाढ ०६, २०८२ || 885  पटक पढिएको

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ ।

अक्टोबरमा उनले पदभार सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को माथिल्लो सदनका लागि चुनाव इसिबाका लागि महत्त्वपूर्ण छ ।

आक्रोशको मुख्य स्रोतहरू मध्ये एक खाद्य पदार्थको बढ्दो लागत हो । यो आपूर्ति शृङ्खलामा समस्या लगायत विभिन्न कारणहरूले गर्दा अभावका कारण महिनौँदेखि आकाश छुँदै गएको छ । मे महिनामा चामलको मूल्य एक सय एक प्रतिशतले बढेको छ । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशतले र मार्चमा ९२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

अस्थिर ताजा खानाको मूल्यलाई समावेश नगर्ने यसले मुख्य मुद्रास्फीति पूर्वानुमानलाई उछिनेर तीन दशमलव सात प्रतिशतमा पुर्‍याउन मद्दत गरेको छ । यो सन् २०२३ जनवरीपछिको सबैभन्दा उच्च स्तर हो भने अप्रिलको तीन दशमलव पाँच प्रतिशतबाट बढेको हो ।

चामलको सङ्कटले सरकारलाई फेब्रुअरीदेखि आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चाल्न बाध्य बनाएको छ । यो सामान्यतया प्राकृतिक प्रकोपका बेला मात्र गरिन्थ्यो ।तर चामल मात्र मुद्रास्फीति बढाउने कुरा होइन । शुक्रबारको डाटाअनुसार मे महिनामा बिजुलीको बिल ११ दशमलव तीन प्रतिशत बढ्यो भने ग्यासको शुल्क पाँच दशमलव चार प्रतिशत बढ्यो । ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्यहरू तीन दशमलव तीन प्रतिशत बढेको छ । यो अप्रिलको तीन प्रतिशतको तुलनामा बढी थियो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!