हिपमत डटकम

बिहिबार, आषाढ ०५, २०८२ || 1493  पटक पढिएको

झापा। डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई १ करोड ९० लाख रुपैयाँ भन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट १ करोड ९० लाख एक हजार ९९३ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए।

कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ रुपैयाँ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई १ करोड २० लाख ८ हजार ४२८ रुपैयाँ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले १ करोड रुपैयाँ , हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई ११ लाख १८ हजार ६२८ रुपैयाँ , हात्तीले २२ वटा घरको क्षति पु¥याएबापत ४ लाख २० हजार रुपैयाँ , भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याएबापत १ लाख ८० हजार रुपैयाँ , अन्नबालीमा क्षति (२९ वटा) पु¥याएबापत २ लाख ७९ हजार ८०० रुपैयाँ र एउटा पशुधनको क्षतिपूर्तिबापत १० हजार रुपैयाँ पीडितलाई राहत उपलब्ध गराएको डा भलले जानकारी दिए ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई ८७ लाख २४ हजार ५३२ रुपैयाँ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका ६ जनामध्ये ४ जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा भलले बताए । “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा २ लाख रुपैयाँ दिने व्यवस्था छ”, उनले भने, “अङ्गभङ्ग भएकालाई ५ लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उनले बताए । फाईल फोटो/रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!