विराटनगर ।सुनसरी र धनकुटाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ०३ गते इलाका प्रहरी कार्यालतय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका- ८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगर सहित सप्तरी महादेवाका २२ बर्षीय मुकेश कुमार मण्डल, २८ बर्षीय सन्तोस कुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका-९ का २७ बर्षीय रोशन तिम्सिनालाई प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका-१ का २९ बर्षीय दिलिप गजमेर (विश्वकर्मा)लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभूमि गाउँपालिका- २ का १९ बर्षीय सबिन राईलाई २ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।