हिपमत डटकम

बिहिबार, जेठ ३०, २०८२ || 6227  पटक पढिएको

ओखलढुंगा ।कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई चोरी गरेको सामान सहित प्रहरीले पक्राउ गरेको छ । खिजिदेम्बा गाउँपालिका-७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा-८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले  सोहि स्थानका २६ बर्षीय बिमल कार्की, १८ बर्षीय सुरज बिश्वकर्मा र अर्का एक जना बालक सहित चोरी भएको सामानहरु सहित उनिहरुकै घरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!